२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले गरिन् नेकपाको प्रशंसा

shivam cement
२०८२ चैत ४ गते १२:२१
Shares
निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले गरिन् नेकपाको प्रशंसा

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् ।

उनले निर्वाचनमा विजय भएका नेताहरूलाई बधाई दिइन् र अन्य नेताहरूलाई अर्को पटकका लागि शुभकामना दिइन् । नेकपाका नेताहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए । 

अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको नेकपाका नेताहरूको भनाइ थियो ।


 

सम्बन्धित खबर