
खोटाङ : खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
वडा नम्बर २ का एकजना स्थानीयको शव बोकेर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरणपछि दुर्घटनामा परेको हो । उक्त हेलिकप्टरमा सवार यात्रु र शव निकालिसकेपछि दुर्घटनामा परेको हो ।
माथिल्लो कान्लाबाट तल्लो कान्लामा खसेको हेलिकप्टर टुक्रा टुक्रा भएको छ । दुर्घटनामा पाइलट सकुशल छन् भने एकजनालाई सामान्य चोट लागेको छ ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।