२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

कोषको आम्दानीमा ठुलो गिरावट आउने खतरा छः कार्यकारी निर्देशक कार्की

Nada
२०८२ चैत ४ गते १३:१३
Shares
कोषको आम्दानीमा ठुलो गिरावट आउने खतरा छः कार्यकारी निर्देशक कार्की

काठमाडौंः नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले संस्थाको ठुलो रकम मुद्दती निक्षेपमा थुप्रिएर बस्न थालेको भन्दै त्यसले संस्थाको आम्दानीमा भारी गिरावट आउने खतरा बढेको बताएका छन् ।

ncell

नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै कार्कीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको माग घटेको र मुद्दती निक्षेपको ब्याजदर पनि निकै कम भएको कारण कोषको ठुलो फण्ड निष्क्रिय रहने अवस्था सिर्जना भएको बताए । उनकाअनुसार यस्तो अवस्थामा संस्थाको आम्दानीमा ठुलो गिरावट आउने खतरा रहेको र त्यसलाई गम्भीरतापूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ । कार्कीले लगानी विविधीकरणमा समेत समस्या देखिएको उल्लेख गरे ।

लगानीको वातावरण पर्याप्त नबढेको वा लगानीकर्ताको आत्मविश्वास कमजोर भएको कारण पछिल्लो समय कर्जाको मागमा कमी आएको बताए । कर्जाको माग घट्दा कोषले तय गरेको लगानी विविधिकरण गर्ने उद्देश्यमा चुनौती थपिएको उनको भनाइ छ । त्यस्तै, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोषबीच गर्ने काममा दोहोरोपना देखिएको पनि उनले बताए । पछिल्लो समय गरिएको नीतिगत व्यवस्थाका कारण सामाजिक सुरक्षा कोष आक्रामक रूपमा अघि बढिरहेको भन्दै कार्कीले नागरिक लगानी कोषमा सहभागी संघ–संस्थाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने, अन्यथा कारबाही हुने उल्लेखसहित पत्राचार भएको भन्दै आपति जनाए ।  

uae

सम्बन्धित खबर