२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

खोटाङ हेलिकप्टर दुर्घटना : घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

shivam cement
२०८२ चैत ४ गते १३:३२
Shares
खोटाङ हेलिकप्टर दुर्घटना : घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ : खोटाङमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक यात्रुलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

बुधबार दिउँसो केपिलासगढी गाउँपालिका-२ बालाबेसी क्षेत्रमा एयर डाइनेस्टीको ‘९एन-एफक्यू’ कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त घटनामा काजीबहादुर राई घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते राईलाई सोही कम्पनीको अर्को हेलिकप्टरमार्फत काठमाडौँ ल्याई उपचारको व्यवस्था गरिएको हो ।

दुर्घटनाका बेला चालकसहित कुल ६ जना सवार रहेकोमा अन्य पाँच जना सकुशल रहेको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर