२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

मध्यपूर्वी अस्थिरताकाबीच दुबई र रियाद उडानमा अस्थायी रूपमा रोक

shivam cement
२०८२ चैत ५ गते १२:३३
Shares
मध्यपूर्वी अस्थिरताकाबीच दुबई र रियाद उडानमा अस्थायी रूपमा रोक

काठमाडौँ : मध्यपूर्व क्षेत्रमा बढ्दो तनावको प्रभाव अन्तर्राष्ट्रिय हवाई सेवामा देखिन थालेको छ । यसैक्रममा क्याथे प्यासेफिक एयरलाइन्सले दुबई र रियाद गन्तव्यतर्फका आफ्ना सबै उडानहरू आगामी अप्रिल ३० सम्मका लागि रोक्ने निर्णय गरेको छ ।

एयरलाइन्सले सार्वजनिक गरेको सूचनामा यात्रु सुरक्षालाई केन्द्रमा राख्दै यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ । साथै, क्षेत्रीय परिस्थितिको विकासअनुसार उडान तालिकामा थप परिमार्जन हुन सक्ने सम्भावनासमेत औँल्याइएको छ ।

क्याथे प्यासेफिकले काठमाडौँ-हङकङ सिधा उडान भने यथावत् सञ्चालन गरिरहेको जनाएको छ ।

हाल इरान, अमेरिका र इजरायलबीचको द्वन्द्वका कारण खाडी क्षेत्रका देशहरूमा प्रत्यक्ष प्रभाव परेको छ । जसले अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा व्यापक असर पारिरहेको छ । विशेषतः मध्यपूर्वका प्रमुख ट्रान्जिट केन्द्रहरूतर्फ हुने उडानहरू अवरुद्ध वा पुन:समायोजन गर्नुपर्ने अवस्था आएको छ ।

दुबई र रियादजस्ता व्यस्त अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडान सञ्चालन चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा विभिन्न एयरलाइन्सहरूले सेवा स्थगन वा तालिका परिवर्तन गर्न बाध्य भएका छन् ।

यस परिस्थितिमा एयरलाइन्सहरूले यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा अद्यावधिक गर्न र सम्बन्धित सेवा प्रदायकसँग सम्पर्कमा रहन आग्रह गरेका छन् ।

सम्बन्धित खबर