२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

शनिबार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने, अनावश्यक यात्रा नगर्न सुझाव

shivam cement
२०८२ चैत ५ गते १६:२१
Shares
शनिबार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने, अनावश्यक यात्रा नगर्न सुझाव

काठमाडौंः गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च शतर्कता अपनाउन अनुरोध गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष शतर्कता अपनाउन अपील गरेको छ । जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र विनाशकारी हावाहुरी चल्ने सम्भावना देखिएको छ । 

कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

प्राधिकरणकाअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । 

लुम्बिनी र पूर्वी नेपालमा तीब्र हावाहुरीको चेतावनी

शुक्रवारदेखि नै लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम बढेको छ । शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै १ सय १९ किलोमिटर प्रतिघण्टाको गतिमा तीब्र हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

शनिवार पूर्वी नेपालमा भीषण हावाहुरीको जोखिम 

आगामी शनिवार पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान लगायतका आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तीब हावाहुरी चल्ने प्रक्षेपण गरिएको  छ। प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत र सञ्चार सेवा प्रभावित पार्नसक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।

सम्भावित जोखिम र हालको अवस्था

प्रि–मनसुनको अवधि भएकाले तीब्र हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना र घरका छानाहरू उड्ने, तथा विद्युत र सञ्चार सेवा अवरुद्ध हुने जस्ता जोखिमहरू रहन्छन् । पछिल्ला केही दिनमा हावाहुरीका कारण विभिन्न स्थानमा मानवीय क्षति समेत भइसकेको सन्दर्भमा प्राधिकरणले थप गम्भीर हुन नागरिकहरूलाई आग्रह गरेको हो । 

नागरिकका लागि प्राधिकरणको विशेष सुझाव

प्राधिकरणले जोखिमबाट बच्न प्राधिकरणले शतर्कता अपनाउन अनुरोध गरेको छ । विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू ९चुल्हो, ग्यास आदि० बन्द राख्न,सवारी साधन चलाइरहेको भए सुरक्षित स्थानमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ । प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन समेत सबैमा अनुरोध गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर