
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउत लगायत पुगेर राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन् ।
आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाा सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।
राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएको आयोगले त्यो प्रतिवेदनको कपी नेपाल सरकार र संघीय संसद् सचिवालयलाई पनि पठाएको छ । निर्वाचनको नतिजा राजपत्रमा शुक्रबार प्रकाशित गर्ने निश्चित भइसकेको पनि आयोगले जनाएको छ ।