२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

‘उत्कृष्ट शैक्षिक वातावरण बनाउन सहकार्य आवश्यक’

shivam cement
२०८२ चैत ५ गते २०:५२
Shares
‘उत्कृष्ट शैक्षिक वातावरण बनाउन सहकार्य आवश्यक’

रुपन्देही : नेशनल प्याब्सनका केन्द्रीय सचिव तथा एनप्याब्सन रूपन्देहीका जिल्ला अध्यक्ष बाबुराम बन्जाडेले विद्यालय व्यवस्थापन, शिक्षक तथा अभिभावकबीचको सहकार्यले मात्र उत्कृष्ट शैक्षिक वातावरण सिर्जना हुने बताएका छन् । 

ब्राइट स्टार इंगलिस बोडिंग सेकेण्डरी स्कुल सिनपा १ रानीगाउँ रुपन्देहीको ९ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण एवम सांस्कृतिक कार्यक्रम २०८२ मा उनले सो कुरा बताएका हुन् । बन्जाडेले विद्यालयले छोटो समयमै हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको बताए । 

यसैगरी समापन सत्रका प्रमुख अतिथि बिष्णु पौडेलले अभिभावकहरुको सक्रिय सहभागिता, चासो र बिद्यार्थी संख्या र यहाँको शैक्षिक नतिजा तथा बिद्यालयको टिमको अथक प्रयासले नै ब्राइट स्टार स्कुल भैरहवाको उत्कृष्ट बिद्यालयको रुपमा स्थापित भएको बताए । 

उनले शिक्षामा भौतिक विकास सँगसँगै आध्यात्मिक बिकासलाई जोडेर लैजान सकेमात्र समाजमा सहि ब्यक्ति उत्पादन गर्न सकिने बताए । 

शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभइ व्यवहारिक जीवनसँग जोडिनुपर्नेमा जोड दिँदै उनले वर्तमान समयको प्रतिस्पर्धात्मक विश्वमा टिक्नका लागि विद्यार्थीहरूलाई सीप, अनुशासन र नैतिकताको शिक्षा अत्यन्त आवश्यक रहेको उल्लेख गरे । 

विद्यालयका प्रबन्ध निर्देशक अमित यादवले विद्यालयका शिक्षक र कर्मचारी लगायत विद्यालयको सम्पूर्ण टिमको अथक प्रयासले नैस्कुलले शैक्षिक गुणस्तरमा फडको मारेको बताए । 

यस्तै गरी ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालयका दुर्गा दिदीले आध्यात्मिक तथा नैतिक शिक्षाको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अनुशासन, संयमता र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिइन् । 

विद्यालयका सहायक प्रधानाध्यापक राहुल यादवले स्वागत मन्तव्य राख्दै विद्यालयको स्थापना कालदेखि हालसम्मको यात्रा, उपलब्धि तथा आगामी योजनाहरूको विस्तृत जानकारी गराए ।

त्यस्तैगरी, शिक्षिकाहरू संगीता यादव र गरिमा त्रिपाठीले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै शिक्षण सिकाइ प्रक्रियामा निरन्तर सुधार गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका थिए । 

यस्तै गरी विद्यार्थीको तर्फबाट कक्षा ५ की नफिसा खातुनले मन्तव्य राख्दै विद्यालयले आफूहरूलाई प्रदान गरेको शिक्षा, मार्गदर्शन र अवसरप्रति कृतज्ञता व्यक्त गरेका थिए । 

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाचहरू रहेका थिए । परम्परागत तथा आधुनिक नृत्य, देशभक्ति गीत, नाटक, कविता वाचन तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ जीवन्त र रोचक बनाएको थियो । कार्यक्रमका शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने, अनुशासित, नियमित तथा अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो । 

सम्बन्धित खबर