२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते

shivam cement
२०८२ चैत ६ गते १२:४७
Shares
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते

नुवाकोट : नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन् । 

स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । 

घटना पश्चात् गम्भीर घाइते अवस्थामा तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ । हाल उनी धुमबाराहीस्थित ह्याम्स अस्पताल उपचाररत छिन् । 

घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७-१८ जना मानिसहरू मिलेर बिहीबार दिउँसो बस्ती नजिकैको जंगलमा सिकार गर्न गएको र सोही समयमा उक्त घटना भएको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर