२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य सुरु

shivam cement
२०८२ चैत ६ गते १३:०५
Shares
सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य सुरु

काठमाडौंः सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन सुरु गरिएको हो । 

काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलनअनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । यसपटकको सेतो मच्छिन्द्रनाथको जात्रा १२ चैतमा परेको छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहिआएको छ । 

यात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ । किंवदन्तीअनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । 

उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याइ जनबहालमा स्थापना गरिएको किंवदन्ती छ । सोही परम्पराअनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ । उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चारवटा मच्छिन्द्रनाथ छन् । 

ताजा खबर

सम्बन्धित खबर