२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

shivam cement
२०८२ चैत ६ गते १३:१३
Shares
यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली : यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ । 

विभिन्न शीर्षकबाट सो राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख राजस्व संकलन भएको छ ।

त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट रु नौ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट इजाजत) बाट रु ८८ लाख २६ हजार राजस्व संकलन भएको छ ।

यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२  मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार राजस्व संकलन गरेको थियो । कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर