२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा

shivam cement
२०८२ चैत ६ गते १३:४३
Shares
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रबाट निर्वाचनमा असहयोग भएको निष्कर्षसहित अनुशासनात्मक कारबाही अघि बढाउने र त्यसैबाट संगठन पुनर्गठन प्रक्रिया सुरु गर्ने बताएका छन् ।

जनवर्गीय संगठनका नेताहरूसँग भएको छलफलमा उनले केन्द्रीय तहका सदस्यहरूबाटै ‘घण्टी’ चुनाव चिह्नमा मत गएको विवरण प्राप्त भएको उल्लेख गर्दै यसलाई गम्भीर रूपमा लिइएको बताए । प्राप्त प्रतिवेदनअनुसार झन्डै आधा केन्द्रीय सदस्यले वैकल्पिक शक्तितर्फ मत दिएको संकेत देखिएको उनको भनाइ थियो ।

उनले सम्बन्धित निकायलाई स्पष्ट विवरणसहित प्रतिवेदन पेश गर्न निर्देशन दिँदै कसले मतदानमा सहभागिता जनाएन, कसले फरक चिन्हमा मत दियो भन्ने तथ्यसहित जानकारी उपलब्ध गराउन आग्रह गरे । यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही अपरिहार्य रहेको उनले बताए ।

‘प्रचण्ड’ले निर्वाचनपछिको समीक्षा प्रक्रिया जारी रहेको जानकारी दिँदै प्रमाणसहित दोषी पहिचान भएपछि बिना हिचकिचाहट कारबाही गरिने स्पष्ट पारे । उनले यही प्रक्रियाबाट पार्टी पुनर्गठनको आधार तयार हुने र संगठनलाई नयाँ ढाँचामा अघि बढाइने धारणा व्यक्त गरेका छन् ।

पार्टीका संरचना र कमिटीहरूलाई थप व्यवस्थित र सक्रिय बनाउने तयारी भइरहेको उल्लेख गर्दै उनले हालको राजनीतिक परिणाममा विभिन्न आन्तरिक तथा बाह्य कारणहरूको प्रभाव परेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको समर्थनका पछाडि पनि बहुआयामिक कारणहरू रहेको उनको विश्लेषण थियो ।

उनले उदाहरण दिँदै केवल विकास कार्य, आर्थिक स्रोत वा प्रचारप्रसारले मात्रै निर्वाचन जित सुनिश्चित नहुने उल्लेख गरे। यस सन्दर्भमा विनोद चौधरी र नारायणमान बिजुक्छेजस्ता उदाहरण प्रस्तुत गर्दै मतदाताको धारणा निर्णायक हुने निष्कर्ष व्यक्त गरेका छन्।

ताजा खबर

सम्बन्धित खबर