२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा

shivam cement
२०८२ चैत ६ गते १४:३८
Shares
अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा

काठमाडौंः सर्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त भएको बताएकी छन् । 

शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानुन व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अध्ययन र अनुशासन बिना कानुन पेशामा टिक्न नसकिने बताइन् । 

थापाकाअनुसार सफलताका पूर्वशर्तहरूमा गहिरो अध्ययन, कार्यदक्षता, क्षमता अभिवृद्धि, पेशागत निष्ठा, इमान्दारिता र कडा अनुशासन हुन् । न्यायाधीश थापाले सम्मेलनमा उपस्थित सहभागीहरूलाई केवल औपचारिकताका लागि मात्र नभई कार्यपत्रहरूमा घनीभूत छलफल गर्न र सशक्त घोषणापत्र तयार गर्न आग्रह गरिन्। उनले औपचारिक कार्यक्रमहरूमा धैर्यता र अनुशासन पालना गर्नु कानुन व्यवसायीको पहिलो पहिचान भएको बताइन् ।   

ताजा खबर

सम्बन्धित खबर