
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकमा छलफलका लागि दुई प्रस्ताव पेस भएका छन् ।
बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शर्माले दुई प्रस्ताव पेस गरेका हुन् ।
सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
जसमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव रहेका छन् ।
