
काठमाडौं : इरानले हर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ ।
इरानी सेनाले एउटा व्यापारिक जहाजलाई आफ्नो नियन्त्रणमा लिने क्रममा त्यसमा कार्यरत धनुषाका अमृत झालाई पनि नियन्त्रणमा लिएको हो ।
पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले उक्त जहाजमा कार्यरत सबै 'क्रु मेम्बर' लाई इरानी पक्षले नियन्त्रणमा लिएको र जसमा झा पनि सामेल रहेको जानकारी दिए ।