२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस

Nada
२०८२ चैत ६ गते १६:०६
Shares
सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस भएको छ । उपसभापति विश्वप्रकाश शर्माले पार्टीको चुनावी समीक्षा प्रतिवेदनसँगै सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् ।

ncell

उपसभापति शर्माले प्रस्तावमा लेखेका छन्, ‘राजनीतिमा हनिमुन पिरियड भन्ने गरिन्छ, खासगरी सरकारको नेतृत्व कसैले सम्हालेको सुरुवाती सय दिनलाई । त्यो वार्मअपको अवधिमा उसको कामको सकारात्मक या नकारात्मक संकेत बुझ्न सकिन्छ, तर सम्पूर्ण परीक्षण र समग्र समीक्षा गर्न सकिन्न । त्यही कोणबाट समीक्षा गर्दा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न, अनि प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्‍याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुन्न । त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै, यो बैठक स्थिति सम्हाल्ने गहन दायित्व, सबैभन्दा प्रधान नैतिक दायित्व ठहर गर्दै सभापति गगन थापाले आफ्नो पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ ।’

uae

सम्बन्धित खबर