२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा

shivam cement
२०८२ चैत ६ गते १६:४१
Shares
काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा

काठमाडौंः काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ । नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसअनुसार हाबाहुरी चट्याङसहित देशभर असिना पानी परेको हो ।

काठमाडौं उपत्यकासहित बुटबल, अर्घाखाँची, ओखलढुंगासहित देशका विभिन्न भू-भाग दिउँसै अन्धकारमय बनेको थियो । जसकारण जनजीवन अस्तव्यस्त बनेको थियो । त्यसो त, मौसम विभागले पनि आज शुक्रवार कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको बताएको थियो ।

कोशी र मधेस प्रदेको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेअनुसार नै देशभर वर्षा भएको हो । वर्षाका करण लामोसमयको वायु प्रदुषण कम भएको छ भने खेतीबालीलाई भने राहत मिलेको छ । 

ताजा खबर

सम्बन्धित खबर