२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

माउन्टेन डिउलाई ‘पिक्स अफ करेज’ अभियानमार्फत चार अवार्ड

shivam cement
२०८२ चैत ६ गते १९:३४
Shares
माउन्टेन डिउलाई ‘पिक्स अफ करेज’ अभियानमार्फत चार अवार्ड

काठमाडौं : माउन्टेन डिउ नेपालको ‘पिक्स अफ करेज’ अभियानले स्पाइक्स एसिया अवार्ड–२०२६ मा ग्राण्ड प्रिक्ससहित चार अवार्ड जितेको छ ।

अभियानले सक्रियता विधामा ग्राण्ड प्रिक्स, नवप्रवर्तनतर्फ रजत तथा सृजनात्मक तथ्यांक र ब्रान्ड अनुभवतर्फ दुई कांस्य अवार्ड प्राप्त गरेको हो ।

नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा सञ्चालन गरिएको अभियान डिस्कभरी च्यानलमार्फत विश्वभर प्रचार गरिएको थियो । यसले सगरमाथाबाहेकका हिमालहरूको सम्भावना प्रविधिमार्फत उजागर गरेको छ ।

सन् २०२५ मा सुरु भएको अभियानले करिब २ करोड मानिससम्म पहुँच विस्तार गर्नुका साथै २ हजारभन्दा बढी मौसमी रोजगारी सिर्जना गरेको जनाइएको छ ।

पेप्सीकोअन्तर्गतका अधिकारीहरूले यस उपलब्धिले अभियानको सिर्जनात्मकता र प्रभाव पुष्टि गरेको बताएका छन् ।

सम्बन्धित खबर