२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

रमेश कर्पले मनायो छैटौं संस्थापक दिवस

shivam cement
२०८२ चैत ६ गते १९:४५
Shares
रमेश कर्पले मनायो छैटौं संस्थापक दिवस

काठमाडौं : रमेश कर्पले आफ्नो छैटौं संस्थापक दिवस काठमाडौंको गोदावरी भिलेज रिसोर्टमा मनाएको छ । ‘सधैं सँगै, हरेक पलमा’ भन्ने मूल नारासँगै आयोजना गरिएको दिवसले कर्मचारी र व्यवस्थापनबीच सहकार्य, कृतज्ञता र साझा लक्ष्यको भावना अझ प्रगाढ बनाएको कर्पले जनाएको छ ।

कार्यक्रममा खेलकुद प्रतियोगिता, सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि र स्वादिष्ट परिकारका स्टलहरूले उपस्थितलाई जीवन्त अनुभव दिएको थियो । यसले कम्पनी परिवारभित्र सम्बन्ध र मित्रता अझ बलियो बनाउने अवसर पनि प्रदान गरेको कर्पले बताएको छ ।

कम्पनीले हरेक वर्ष चैत ६ मा संस्थापक दिवस मनाउँदै आएको छ, जुन स्वर्गीय अध्यक्ष इमेरिटस रमेश गुप्ताको जन्मजयन्तीसँग सम्बन्धित छ । उनको नेतृत्वमा स्थापित इमानदारी, नवप्रवर्तन, गतिशीलता र व्यावसायिकताजस्ता मूल्यहरूलाई यस अवसरमा पुनः स्मरण गरिएको थियो ।

सो अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कर्मचारीहरूको योगदान, नेतृत्व र समर्पणको कदर गर्दै विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो ।

६ वर्षको यात्रा पूरा गरेको रमेश कर्पले नवप्रवर्तन, साझेदारी विस्तार र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप उपलब्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ ।

सम्बन्धित खबर