२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

दार्चुलामा पहिलोपटक प्रज्ञा–नारी काव्य सङ्गोष्ठी सम्पन्न

shivam cement
२०८२ चैत ७ गते २२:२५
Shares
दार्चुलामा पहिलोपटक प्रज्ञा–नारी काव्य सङ्गोष्ठी सम्पन्न

दार्चुला : नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘प्रज्ञा–नारी काव्य सङ्गोष्ठी, गायन तथा कार्यपत्र प्रस्तुति’ कार्यक्रम दार्चुलाको खलङ्गामा पहिलोपटक सम्पन्न भएको छ । कार्यक्रम स्थानीय संस्था मानसखण्ड गुरुकुलको सहआयोजनामा गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा दार्चुला बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रमको उद्घाटन गरिएको थियो । सो अवसरमा कुलपति राईले ‘सबै भाषा, सबै ज्ञान : सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने मूलमन्त्रअनुसार दुर्गम क्षेत्रसम्म प्राज्ञिक गतिविधि विस्तार गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

उनले सुदूरपश्चिमका विविध मातृभाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धन प्रज्ञा–प्रतिष्ठानको दायित्वभित्र पर्ने उल्लेख गर्दै स्थानीय भाषामा प्रस्तुत कविताले कार्यक्रमलाई अझ समृद्ध बनाएको बताए ।

विशेष अतिथि तथा प्रज्ञा परिषद् सदस्य एवं काव्य विभाग प्रमुख बाबा बस्नेतले कार्यक्रमले सुदूरपश्चिमका प्रतिभालाई उजागर गर्दै प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । उनले नारी सर्जकहरूको योगदानको उचित मूल्यांकन आवश्यक रहेको पनि बताए ।

दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसुर, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, जिल्ला समन्वय समिति प्रमुख महादेव बडु लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कञ्चनपुर, अछाम, डोटी, बैतडी, डडेलधुरा, दार्चुला र कैलालीका नारी कविहरूले नेपालीसहित विभिन्न मातृभाषामा कविता वाचन गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर