२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

निर्वाचन परिणाममा ‘प्रतिक्रिया मत’को प्रभाव देखिएको कांग्रेसको निष्कर्ष

shivam cement
२०८२ चैत ८ गते १२:२४
Shares
निर्वाचन परिणाममा ‘प्रतिक्रिया मत’को प्रभाव देखिएको कांग्रेसको निष्कर्ष

काठमाडौँ : नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित अध्ययनमार्फत मुल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला यस विषयमा धारणा सार्वजनिक गरिएको हो ।

बैठकका क्रममा प्रवक्ता देवराज चालिसेले मतदाताको निर्णय प्रक्रियामा देखिएको परिवर्तनलाई केवल दल वा उम्मेदवारप्रतिको रोजाइभन्दा पनि परिस्थितिप्रतिको प्रतिक्रिया स्वरूप आएको मतको रूपमा व्याख्या गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार केही स्थानमा उम्मेदवारबारे पर्याप्त जानकारी नभए पनि मत प्राप्त हुनुजस्ता प्रवृत्तिले मतदाताको व्यवहारमा नयाँ ढाँचा देखिएको संकेत गर्छ ।

मतदाताको मनोविज्ञानमा आएको यस्तो परिवर्तनलाई वर्तमान प्रणालीसँग जोडेर विश्लेषण नगरी निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ । उनले मतदाताको व्यवहारगत प्रवृत्तिलाई वैज्ञानिक र वस्तुगत आधारमा अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीको दीर्घकालीन प्रभाव रहेका केही क्षेत्रमा यसपटक असर परेको निष्कर्ष निकाल्दै कांग्रेसले त्यस्ता क्षेत्र पहिचान गरी आवश्यक सुधारका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ । यसलाई ‘कोर्स करेक्सन’को रूपमा लिएर संगठनात्मक र नीतिगत सुधारतर्फ अघि बढ्नुपर्ने पार्टीको धारणा रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर