२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता सुरु, छुट्टाछुट्टै फारम भर्न नपर्ने

shivam cement
२०८२ चैत ८ गते १६:२२
Shares
राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता सुरु, छुट्टाछुट्टै फारम भर्न नपर्ने

काठमाडौंः सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । 

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतवार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिएका हुन् । यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ । 

गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्ना गइ सेवाग्राहीको समय र आर्थिक लागत समेत बचत हुने बताए । उनले हालसम्म वटा सेवा ठाउँबाट केन्द्रिकृत सेवा प्रवाह सुरु भइसकेको जानकारी दिँदै विस्तारै देशैभरी विस्तार गरिने जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर