
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् ।
गत २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने माग राख्दै उनले पदबाट राजीनामा दिएका हुन् ।
पार्टीको हारको जिम्मेवारी लिँदै उनले पार्टीका सम्पूर्ण नेताहरुले पदबाट राजीनामा दिन पनि माग गरेका छन्।