२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

कांग्रेसले मंगलबारका लागि बोलायो केन्द्रीय कार्यसमितिको बैठक

shivam cement
२०८२ चैत ९ गते १५:१४
Shares
कांग्रेसले मंगलबारका लागि बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौंः नेपाली कांग्रेसले मंगलबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो । बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने जनाइएको छ ।

यसअघि शुक्रबार र आइतबार दुई दिन उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । बैठकले सभापति गगन कुमार थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो भने निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो । 

भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् । निर्वाचनपछि गगन पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् । 

ताजा खबर

सम्बन्धित खबर