
काठमाडौंः अर्थविद् केशव आचार्यको उमेरमा निधन भएको छ । उनको अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा निधन हो ।
मस्तिष्कघात भएसँगै भर्ना गरिएका उनको आज बिहान ९ः५५ बजे ७२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको पार्थिव शरीरको मंगलबार अन्त्येष्टि गरिने छ ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका उनी पछिल्लो समय मुलुकको वित्तीय र आर्थिक सुशासनका क्षेत्रमा काम गर्दै आइरहेका थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।