२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ठाकुरबाबामा कंक्रिट पर्खाल

shivam cement
दीपकलाल श्रेष्ठ
२०८२ चैत ९ गते १६:२८
Shares
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ठाकुरबाबामा कंक्रिट पर्खाल

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले मानव–वन्यजन्तु द्वन्द घटाउन संरचनात्मक उपायका रूपमा कंक्रिट पर्खाल निर्माणलाई तीव्र बनाएको छ । वन क्षेत्रले चारैतिरबाट घेरेको यस नगरपालिकामा पछिल्लो समय जंगली जनावर बस्तीमा पसेर बालीनाली तथा धनजनमा क्षति पुर्‍याउने घटना बढ्दै गएपछि पर्खाल निर्माण अभियान अघि बढाइएको हो ।

नगरप्रमुख तिलक लम्सालका अनुसार करिब ३२ किलोमिटर वन क्षेत्रले घेरिएको नगरपालिकामा अझ व्यापक संरचनात्मक पहल आवश्यक देखिएको छ । विशेषगरी निकुञ्जसँग सिमाना जोडिएका वडाहरू वन्यजन्तुबाट बढी प्रभावित भएकाले ती क्षेत्रलाई प्राथमिकतामा राखेर पर्खाल विस्तार गरिने उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालका अनुसार निकुञ्ज आसपासबाट दैनिकजसो हात्ती लगायत जंगली जनावरको बथान बस्तीमा पसेर क्षति पुर्‍याउने क्रम बढेपछि निर्माण कार्यलाई गति दिइएको हो । हालसम्म करिब ११ किलोमिटर कंक्रिट पर्खाल निर्माण सम्पन्न भइसकेको छ ।

चालु आर्थिक वर्षमा थप करिब ३७ सय मिटर पर्खाल निर्माण गर्ने लक्ष्य राखिएको छ, जसका लागि करिब ५ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै बबई सिँचाइ आयोजनाअन्तर्गत थप करिब २ किलोमिटर पर्खाल निर्माण हुने गरी कुल करिब ६ किलोमिटर नयाँ संरचना थपिने तयारी रहेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर