२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

प्राधिकरणले हटायो अतिक्रमित जग्गाका घरटहरा

shivam cement
२०८२ चैत ९ गते २२:०२
Shares
प्राधिकरणले हटायो अतिक्रमित जग्गाका घरटहरा

काठमाडौं : काठमाडौं टोखा नगरपालिका–७ स्थित दाहालगौंडा क्षेत्रमा अतिक्रमित जग्गा काठमाडौं उपत्यका विकास प्राधिकरणले खाली गरेको छ । 

स्थानीय वडा नं. ७ मा अतिक्रमणमा परेको झण्डै ४ रोपनी क्षेत्रफलको जग्गामा भएका घर÷टहराहरु प्राधिकरणले सोमबार डोजर लगाएर हटाएको हो । यसअघि पनि प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त इन्जिनियर सुवास बस्नेतले अग्रसरता देखाएका थिए । तर जनप्रतिनिधिकै सेटिङमा बस्नेतलाई सरुवा गरिएको बताइएको छ । 

बस्नेतले गत भदौ ३१ गते उक्त अतिक्रमित क्षेत्र खाली गर्ने प्रयास स्वरुप काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको प्रबन्ध मिलाइदिन आग्रह गरेका थिए ।

तर टोखा नगरपालिका ७ का जनप्रतिनिधिलेनै सरकारी जग्गा अतिक्रमण गरेर घर टहरा बनाइ भाडामा लगाउँदै आएको बताइएको छ । सार्वजनिक जग्गा अतिक्रमणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाउँदै आएको छ । 

अख्यिारमा परेको उजुरीका आधारमा आयोगले टोखा नगरपालिकाको कार्यालयलाई जग्गा अतिक्रमण सम्बन्धमा रायसहितको कागजात बुझाउन भन्दै पटक–पटक ताकेता गर्दै आएको थियो । पटक–पटक ताकेता गर्दा पनि नगरपालिकाले कागजात नबुझाउँदा छानबिन कार्यमा बाधा पुगेको भन्दै अख्तियारले पछिल्लो पटक जेठ २२ गते छैठौं पटक पत्राचार गरेको थियो ।

राजनीतिक दलको संरक्षणमा रानाले हडप्दै आएको उक्त जग्गा सोमबार प्राधिकरणले डोजर लगाएर खाली गराएको छ । आइतबार काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त सिडिई सुनिता श्रेष्ठले मापदण्ड विरितका भौतिक संरचनाहरु हटाउन लागिएको भन्दै टोखा नगरपालिका र नगरप्रहरीलाई सहजीकरणका लागि पत्राचार गरेकी थिइन् ।

सम्बन्धित खबर