२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

आज गगन थापाको अध्यक्षतामा कांग्रेसको बैठक बस्ने

shivam cement
२०८२ चैत १० गते १०:१९
Shares
आज गगन थापाको अध्यक्षतामा कांग्रेसको बैठक बस्ने

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा सभापति गगन थापा सहभागी हुने बताइएको छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिहरूको उपस्थिति हुने छ ।

यसअघि सभापति थापाले दिएको राजीनामा शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकृत गरेको थियो ।

बैठकमा समय अभावका कारण नेपाली काँग्रेसले वैशाखमा गर्ने भनेको नियमित महाधिवेशन असोजमा गर्ने तयारीबारे छलफल हुने छ ।

सम्बन्धित खबर