
काठमाडौंः स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा रु १ हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा रु ८० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ५०५ कायम भएको छ ।
सोमबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु ४ हजार ५४० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।