२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

एभरेष्ट बैंकको ग्लोबल मनी विकमा सप्ताहव्यापी वित्तीय साक्षरता

himalayanlife
२०८२ चैत १० गते १२:१९
Shares
एभरेष्ट बैंकको ग्लोबल मनी विकमा सप्ताहव्यापी वित्तीय साक्षरता

काठमाडौं : एभरेष्ट बैंकले ग्लोबल मनी विकको अवसर पारेर सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्ना ७ वटै प्रदेशका शाखामार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ३ हजारभन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गरेको थियो ।

साथै, उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा नै अवलोकन गराई बैंकले प्रदान गर्ने सेवाहरूबारे व्यावहारिक जानकारी गराइएको बैंकले जनाएको छ । स्मार्ट मनी टक्स भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानीजस्ता महत्वपूर्ण विषयमा समेत सचेत गराइएको थियो ।

एभरेष्ट बैंकका हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन् । बैंकको देशभर १ सय ३३ वटा शाखा सञ्जाल, ४ वटा एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १ सय ६३ वटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर