
काठमाडौंः कपिलवस्तुमा गत शनिबारबाट लागू गरिएको निषेधाज्ञा मंगलबारदेखि हटाइएको छ । सर्वपक्षीय बैठक बसेपछि तीन दिन जारी निषेधाज्ञा आज बिहान ९ बजेदेखि हटाइएको हो । यससँगै जनजीवन सामान्य बन्दै गएको छ ।
जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ को बर्गदा गाउँमा यही चैत ७ गते बिहान दुई समुदायबीच भएको झडप भएको थियो । झडपले उग्र रुप लिएपछि सोही दिनदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।