२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

चुनावी समीक्षा र १५औं अधिवेशनमा केन्द्रित हुँदै कांग्रेस

himalayanlife
२०८२ चैत १० गते १४:०१
Shares
चुनावी समीक्षा र १५औं अधिवेशनमा केन्द्रित हुँदै कांग्रेस

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठक मुख्यगरी चुनावी समिक्षा र पार्टीको १५औं अधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । 

बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टी अब १५ औँ महाधिवेशनतर्फ केन्द्रित हुने बताए । गौतमकाअनुसार आजको बैठकले १५औं महाधिवेशनको प्रारम्भिक कार्यतालिका प्रस्ताव गर्नेछ । उनले आगामी भदौसम्म महाधिवेशन सम्पन्न गर्ने गरी छलफल अगाडि बढ्ने बताए ।

पार्टीभित्रको आन्तरिक विवादलाई साम्य पार्दै पार्टीलाई एकढिक्का राख्ने प्रयास भइरहेको उनको भनाइ छ । उनले कतिपय नेताहरुले सभापतिकै हस्ताक्षरमा चुनाव लडेर आएको तथा अहिले उनलाई नै मान्दिनँ भन्ने गरेको भन्दै उनीहरुमाथि नैतिकताको प्रश्न खडा भएको समेत बताए । 

उनले आगामी महाधिवेशनलाई एकताको अधिवेशन बनाउने र सबैलाई समेटेर अघि बढ्ने दाबी समेत गरे । प्रतिनिधि सभा निर्वाचनपश्चात सभापति गगनकुमार थापा समेत पहिलो पटक पार्टी बैठकमा सहभागि भएका छन् । यसअघि उनले दिएको राजीनामा पार्टीले अस्वीकृत गरिसकेको छ । 

 

सम्बन्धित खबर