२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँ : सभापति थापा

Nada
२०८२ चैत १० गते १४:२२
Shares
हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँ : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताएका छन् ।

ncell

पार्टी केन्द्रीय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले विषेश महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरु आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पारे ।

उनले आफूले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताए । उनले आफू कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताए । 

उनले कांग्रेसले निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भूमिकामा पुर्‍याएको भन्दै यो जिम्मेवारीलाई महत्वपूर्ण ढंगले पूरा गर्नुपर्ने बताए । 

uae

सम्बन्धित खबर