२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

भिरबाट लडेर एक बालिकाको मृत्यु

himalayanlife
२०८२ चैत १० गते १४:३८
Shares
भिरबाट लडेर एक बालिकाको मृत्यु

बागमतीः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जङ्गलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

सोमबार घाँस काट्न गएकी सोही वडाको जातिपोखरी निवासी वीरेन्द्र वाइवाकी नौ वर्षीया छोरी लमिना वाइवाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

घाँस काट्न गएको र फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा आज भिरबाट लडेर लमिनाको मृत्यु भएको अवस्थामा फेला परेको प्रनाउ बोगटीले बताए । मृतक बालिकाको शवपरीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर