२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा

himalayanlife
२०८२ चैत १० गते १६:४९
Shares
रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीका महासचिव मनोज भट्टले उक्त जिकिर गरेका छन् ।

उनले रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्ने दाबी समेत गरे । सो पार्टीको परराष्ट्रनीति स्पष्ट नभएको समेत महासचिव भट्टको निष्कर्ष छ । उनले रास्वपा कुनैपनि राष्ट्रको हितमा प्रयोग नहोस भनेर आफ्नो पार्टीले खबरदारी गर्न लागेको समेत बताए । 

महासचिव भट्टले रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए । कांग्रेस र एमालेको जनाधार अहिले पनि बलियो भएकाले सो पार्टीले उनीहरुलाई कमजोर बनाउन पनि दाहालसँग सहकार्य गरेर अघि बढने उनको भनाइ थियो ।  

सम्बन्धित खबर