
काठमाडौं : भिभोले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई ०५ सार्वजनिक गरेको छ । किफायती मूल्यमा शक्तिशाली ब्याट्री र उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दै नयाँ मोबाइल सार्वजनिक गरिएको हो ।
भिभो वाई ०५ को मुख्य आकर्षण यसको शक्तिशाली ६५०० एमएएच ब्लुभोल्ट ब्याट्री हो, जसले आफ्नो श्रेणीमा दीर्घकालीन प्रयोगको नयाँ मानक स्थापित गर्ने कम्पनीको भनाइ छ । यो उच्च क्षमताको ब्याट्री दिनभर पटक–पटक चार्ज गरिरहनुपर्ने झन्झटलाई हटाउँदै लामो समयसम्म निरन्तर प्रयोगको सुनिश्चितता दिनका लागि डिजाइन गरिएको हो । चाहे त्यो भिडियो स्ट्रिमिङ होस्, गेमिङ होस् वा निरन्तर अनलाइन रहनुपर्ने आवश्यकता, भिभो वाई०५ तपाईंको दैनिकीसँग सहजै तालमेल मिलाउन सक्षम रहेको कम्पनीको भनाइ छ ।
अत्याधुनिक ब्याट्री प्रविधिले लामो समयसम्म स्थिर र उत्कृष्ट प्रदर्शन कायम राख्न मद्दत गर्छ, साथै ५ वर्षसम्म ब्याट्री स्वास्थ्य सुरक्षित रहने सुनिश्चित गर्दछ । यसले प्रयोगकर्तालाई आउने वर्षहरूमा पनि आफ्नो डिभाइस पूर्ण रूपमा भरपर्दो रहने विश्वास दिलाउँछ ।
फोनको अर्को विशेषता भनेको यसको टिकाउपन हो । भिभो वाई०५मा आइपी ६५ धुलो र पानी प्रतिरोधी क्षमता प्रदान गरिएको छ, जसले दैनिक प्रयोगमा हुने धुलो र पानीका छिटाबाट सुरक्षा प्रदान गर्दछ । साथै, यसमा प्रोफेसनल एन्टी–ड्रप डिजाइन रहेको छ, जसले आकस्मिक रूपमा खस्दा हुने क्षतिबाट फोनलाई जोगाउन मद्दत पुग्ने कम्पनीको भनाइ छ ।