
काठमाडौं÷मस– सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ७ प्रदेशमा रहेका अफ्ना १ सय ८ वटा शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
‘स्मार्ट मनी टक्स २०२६’ भन्ने मूल नाराका साथ गत चैत्र २ देखि ८ गतेसम्म सञ्चालन भएको ग्लोबल मनी विक हजारौं सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेर सम्पन्न गरेको हो । ग्लोबल मनी विकबाट करिब ६ हजार मानिस लाभान्वित भएको बैंकले जनाएको छ ।
कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा प्रकाश पारिएको थियो । वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।