
काठमाडौं : ग्लोबल मनी विकको अवसरमा लुम्बिनी विकास बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयमार्फत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले देशका विभिन्न विद्यालयमा अध्ययनरत करिब एक हजार विद्यार्थीलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान र मनोवृत्ति विकाससम्बन्धी कक्षा सञ्चालन गरेको हो ।
युवा विद्यार्थीलाई बैंकले गर्ने बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङलगायत विषय समेटी विद्यालयहरूमा नै वित्तीय साक्षरता गराइएको बैंकले जनाएको छ ।
साथै, उक्त अवसरमा बैंकका शाखा कार्यालयबाट वित्तीय जानकारीमूलक प्लेकार्डहरू प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरेको थियो । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ सन् २०२६ को ग्लोबल मनी विक १६ देखि २२ मार्चमा युवा विद्यार्थीलाई लक्षित गरी बैंकले पनि कार्यक्रम सम्पन्न गरेको थियो ।