२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

himalayanlife
२०८२ चैत ११ गते १२:०१
Shares
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौं : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट केसी निर्वाचित भएका थिए ।

राष्ट्रपतिबाट शपथ लिएका केसीले ज्येष्ठ सदस्यको हैसियतले बिहीबार प्रतिनिधिसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउनेछन् ।

सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभामा ज्येष्ठ सदस्य केसीले नै बैठकको अध्यक्षता गर्नेछन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना गरी जम्मा २ सय ७५ जना सांसदहरू निर्वाचित भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर