२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

पदभार ग्रहण गर्दै केसीले भने- मेरो सीमित समयमा संसद्लाई पारदर्शी रूपमा सञ्चालन गर्छु

himalayanlife
२०८२ चैत ११ गते १३:५२
Shares
पदभार ग्रहण गर्दै केसीले भने- मेरो सीमित समयमा संसद्लाई पारदर्शी रूपमा सञ्चालन गर्छु

काठमाडौं : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् ।

पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सीमित समयको सभामुखको भूमिकामा संसद्लाई निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

उनले सभामुखको भूमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने बताए ।

उनले भने, ‘मेरो सीमित समयभित्र निष्पक्ष र पारदर्शी रूपले सभामुखको भूमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ । संसदभित्र सबै सांसदहरुको विशेषाधिकारको संरक्षकको रुपमा पनि भूमिका निर्वाह गर्नुपर्छ ।’

नयाँ सभामुखको निर्वाचन नभएसम्मका लागि केसीले बैठक सञ्चालन र संसदको अन्य व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर