२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

बालेनको बयान- २३ गते सरकारले ‘आतंकवादी शैली’मा अत्यधिक बल प्रयोग गर्‍यो

himalayanlife
२०८२ चैत ११ गते १७:०९
Shares
बालेनको बयान- २३ गते सरकारले ‘आतंकवादी शैली’मा अत्यधिक बल प्रयोग गर्‍यो

काठमाडौं : काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलनका क्रममा सरकारले ‘आतंकवादी शैली’मा अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन् । उनले भदौ २३ गतेको बल प्रयोगकै परिणामस्वरूप २४ गतेको घटना भएको दाबी गरेका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा बालेनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र सरकारमा सहभागी दलहरूले लिनुपर्ने बताएका छन् ।

बालेनले २०८२ साल भदौ २३ गते आफू लैनचौरस्थित सरकारी निवासमा रहेको र सो दिनको शान्तिपूर्ण र्‍यालीलाई समर्थन गरे पनि प्रत्यक्ष रूपमा आन्दोलनमा सहभागी नभएको स्पष्ट पारेका छन् । व्यवसायी र रेष्टुरेन्ट व्यवसायीहरूको आग्रहमा महानगर प्रहरीमार्फत आन्दोलनकारीलाई पानी वितरण गरिएको उनले बताएका छन् ।

उनका अनुसार, २३ गते बेलुकातिर स्थिति तनावपूर्ण बन्दै गएको जानकारी सञ्चारमाध्यममार्फत प्राप्त भएको थियो । त्यसपछि सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गर्दा स्थिति नियन्त्रणमा सहयोग पुगेको उनले दाबी गरेका छन् ।

घटनापछि महानगर प्रहरी बल तथा अन्य विभागसँग समन्वय गरेर घाइते र मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराइएको बालेनले बताएका छन् । २४ गतेको घटनाका क्रममा महानगरपालिकाले समयमै दमकल पठाएर महानगरभित्रका संरचनामा लागेको आगो नियन्त्रण गरेको पनि उनले उल्लेख गरेका छन् ।

बालेनले राष्ट्रपति र नेपाली सेनाका प्रधानसेनापतिको आग्रहमा आन्दोलनलाई शान्त पार्न आफूले भूमिका खेलेको बताएका छन् । उनका अनुसार, उक्त प्रयासले थप क्षति हुनबाट जोगाउन मद्दत पुगेको थियो ।

ताजा खबर

सम्बन्धित खबर