
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन असोजमा हुने भएको छ । केन्द्रीय कार्यसमिति बैठकले असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो ।
मंगलबारको केन्द्रीय समिति बैठकमा भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरिए पनि त्यसलाई संशोधन गरिएको नेताहरूले जानकारी दिएका छन् ।