
काठमाडौंः गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अनौपचारिक रुपमा सार्वजनिक भएको छ । जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको ९०७ पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाएको थियो । अन्तरिम सरकारले सार्वजनिक गर्न आलटाल गरिरहेकाबेला आयोगका सदस्य र बालुवाटार स्रोतबाट बाहिरिएको हो ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस गरिएको छ ।