२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

जाँचबुझ आयोगको प्रतिवेदन : जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाउने यी पाँच ‘इन्फ्लुएन्सर’

himalayanlife
२०८२ चैत ११ गते २०:४७
Shares
जाँचबुझ आयोगको प्रतिवेदन : जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाउने यी पाँच ‘इन्फ्लुएन्सर’

काठमाडौं : जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाइएको निष्कर्षसहित जाँचबुझ आयोगले पाँच जना सोसल मिडिया इन्फ्लुएन्सरको संलग्नता औंल्याएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले भदौ २३ र २४ गतेका घटनाबारे तयार पारेको प्रतिवेदनमा टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने भ्रामक प्रचारमा संलग्न रहेको उल्लेख गरेको हो ।

आयोगका अनुसार आन्दोलनका क्रममा विभिन्न अतिरञ्जित र असत्य सूचनाहरू व्यापक रूपमा फैलाइएका थिए । प्रतिवेदनमा चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ शवको कंकाल भेटिएको तथा ३२ जना हराइरहेका प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा फेला परेको भन्ने जस्ता दाबीहरू सामाजिक सञ्जालमा फैलाइएको उल्लेख छ । यस्ता दाबीहरू पूर्ण रूपमा भ्रामक रहेको आयोगले ठहर गरेको छ ।

यस्तै, एक विमान परिचारिकाले हिमालयन एयरलाइन्समार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुबई भागेको भन्दै आफूले प्रत्यक्ष देखेको दाबी गर्दै गलत सूचना फैलाएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त दाबीपछि सम्बन्धित एयरलाइन्सले औपचारिक रूपमा खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गर्नुपरेको थियो ।

सम्बन्धित खबर