काठमाडौंः काठमाडौं जिल्ला अदालतले विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो ।
कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले ‘आफू श्रीमतीबाट सन्तुष्ट नभएको’ बताउँदै यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको विषय जेठ पहिलो साता विद्यार्थीहरुले सार्वजनिक गरेका थिए । त्यसपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies