
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ । बैठकले संसदीय दलको नेता चयन गर्नेछ ।
नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरे लगत्तै रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह (बालेन)लाई नेता चयन गर्ने बताइएको छ ।
संसदीय दलको नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई धारा ७१ (१) बमोजिम गठन हुने सरकारमा प्रधानमन्त्रीको नाम पठाउने पार्टीको तयारी छ ।
आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी भइसकेको छ ।