२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

स्थायी एकता कायम गर्न सबै स्तरका सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य : डा. प्रकाशरण महत

Nada
२०८२ चैत १२ गते १२:४७
Shares
स्थायी एकता कायम गर्न सबै स्तरका सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य : डा. प्रकाशरण महत

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. प्रकाशरण महतले पार्टीभित्र स्थायी एकता कायम गर्न सबै स्तरका सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन् ।

ncell

पार्टीको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका पारित गरेपछि महतले मानसिक र भौतिक रूपमा एकीकृत नहुँदा पार्टी बलियो बन्न नसक्ने र वर्तमान चुनौतीपूर्ण परिस्थितिमा यो अझ कठिन हुने स्पष्ट पारेका छन् ।

उनले पार्टीभित्र फैलिएको निराशाको भावलाई सकारात्मक आशामा परिवर्तन गर्न आवश्यक रहेको पनि जोड दिएका छन् ।

निवर्तमान प्रवक्तासमेत रहेका महतले पार्टीमा सहमति र समन्वयको वातावरण निर्माणमा आफ्नो स्तरबाट योगदान गर्न सधैँ तयार रहेको बताएका छन् ।

uae

सम्बन्धित खबर