२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

शपथअघि पशुपतिनाथ मन्दिरमा पुगेर राप्रपा सांसदहरूले गरे दर्शन 

himalayanlife
२०८२ चैत १२ गते १२:५२
Shares
शपथअघि पशुपतिनाथ मन्दिरमा पुगेर राप्रपा सांसदहरूले गरे दर्शन 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन् ।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसद खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान धार्मिक स्थलमा उपस्थित भएर आशीर्वाद लिएका हुन् ।

दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले भने, “हामी यहाँ कुनै गलत कार्य नगर्ने अठोटका साथ आएको हौँ । जानेर वा नजानेर पनि गलत काम नगरौँ भन्ने मनसायका साथ भगवान् पशुपतिनाथ समक्ष प्रार्थना गरेका हौँ ।”

उनले आगामी दिनमा संसदमार्फत हिन्दु राष्ट्रको पुन:स्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने आफ्नो पार्टीको अभिप्राय पनि स्पष्ट पारे ।

राप्रपा लामो समयदेखि नेपालको हिन्दु राष्ट्र घोषणाको माग गर्दै आएको छ र सो एजेन्डालाई अघि बढाउँदै सांसदहरूले संसद प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद प्राप्त गरेका हुन् ।

पद तथा गोपनीयताको शपथअघि गरिएको यस धार्मिक भ्रमणलाई राप्रपाले आफ्नो राजनीतिक प्रतिबद्धतासँग जोडेर व्याख्या गरेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर