२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसद्‍मा प्रभावकारी भूमिका खेल्छौं : एमाले सांसद थेवे

himalayanlife
२०८२ चैत १२ गते १३:५६
Shares
बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसद्‍मा प्रभावकारी भूमिका खेल्छौं : एमाले सांसद थेवे

काठमाडौं : नेकपा एमालेका सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।

पद तथा गोपनीयताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । थेवेले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुभकामना दिँदै यो ठुलो जनमतलाई राष्ट्र निर्माण र मुलुकको समृद्धिमा सदुपयोग गर्न सुझाव दिए ।

उनले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारको तर्फबाट सार्वजनिक भइसकेपछि आफ्नो धारणा राख्ने पनि बताए । 

गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरुले आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् ।

ताजा खबर

सम्बन्धित खबर