काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पेशा र व्यवसायमा सफल हुँदैमा राजनीतिमा योग्य नहुने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । महासचिव पोखरेलले राजनीतिमा योग्य हुन राजनीतिमै समर्पित हुनुपर्ने बताएका छन् ।
'निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन' महासचिव पोखरेलले लेखेका छन् 'राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।'
महासचिव पोखरेलको उक्त टिप्पणी पूर्वपत्रकार रवि लामिछानेप्रति संकेत गरेको देखिन्छ । मंगलबार मात्रै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । लामिछानेको टिभि कार्यक्रम सिधा कुरा चर्चित थियो ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies